बिहिबार, चैत १५, २०८०

सेण्डिकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने : बादल

विराटनगर,१८ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले विभिन्न क्षेत्रमा मौलाएको सेण्डिकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गहमन्त्री थापाले भने ‘वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सेण्डिकेट, कार्टेलिङविरुद्ध सरकारले कदम उठाउँछ ।

थापाले समयमै काम नगर्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्ने पनि दावी गरे । उनले सरकारको काम कानुन हातमा लिने नभइ कानुन कार्यान्वयनमात्र भएको पनि बताए ।

ठेक्कापट्टाका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले छानबिन गरिरहेको बताउदै गृहमन्त्री थापाले भने ‘लापारवाही गर्ने निर्माण व्यवसायीलाई भौतिक योजना मन्त्रालयले छानबिन गरिरहेको छ, उनीहरुलाई कारबाही गर्ने सडक विभागले हो, त्यसका लागि गृह मन्त्रालयले सहयोग मात्र गर्ने