आइतबार, बैशाख २०, २०८३

भरतपुरको शिवघाट एभरेष्ट पेन्ट्स उद्योगमा आगलागी

चितवन,१६ जेठ । भरतपुरको एभरेष्ट पेन्ट्स उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे आगो लागेको हाे ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगो नियन्त्रणमा लिन हेटौंडाबाट समेत दमकल ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।