काठमाडौं,१५ जेठ । नेपाल सरकार मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट स्वीकृत गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकमा समेत बजेटको आकार खुलाउन मानेनन् ।
उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराए दिए ।
अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक बजेट संसदमा पेश गरिरहनुभएको छ । अर्थमन्त्रीले बजेटको आकार नखुलाए पनि १३ खर्बभन्दा माथिको हुने एक मन्त्रीले बताएका छन् ।

