आइतबार, बैशाख २०, २०८३

डडेल्धुरा जादैं गरेको यात्रुवाहक बसमा आगो,यात्रु सकुशल

काठमाडौं,१२ जेठ । डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा आगलागी भएको हो ।

ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ । अगाडिको चक्काबाट लागेको आगोले केही क्षणमा भयानक रुप लिए पनि यात्रु भने सकुशल छन् । बसमा कति यात्रु थिए भन्नेबारे केही खुलाइएको छैन ।

गाडीमा भएका यात्रुहरुका समानहरु जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पूर्णरुपमा जलेको बताइएको छ ।

नेपालमै पहिलोपटक डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातले केही महिनाअघि शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बस सञ्चालनमा ल्याएको थियो ।