आइतबार, बैशाख २०, २०८३

असार पहिलो साता कांग्रेस जिल्ला सभापतिहरुको भेला हुने

काठमाडौं,६ जेठ । असार पहिलो साता नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला हुने भएको छ ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार असार २, ३ र ४ गते हेटौंडामा गर्ने तय भएको हो ।

केन्द्रीय कार्यसमितिले जेठभित्र जिल्ला सभापतिहरुको बेला गर्ने निर्णय गरेको थियो । तर, बजेटको छलफलमा जुट्नुपर्ने भएकाले असार पहिलो सातालाई तय गरिएको नेताहरुले बताएका छन् ।