आइतबार, बैशाख २०, २०८३

जव मेयर रमेश बस्नेत सदरमुकाम मन्थली सफासफाईमा निस्के

रामेछाप,६ जेठ । । केही दिन अघि आएको पानीको कारण अस्तव्यस्त भएको रामेछाप जिल्लाको सदरमुकाम मन्थलीलाई सफा बनाउनको लागि बजारवासी जुटेका छन् ।

जिल्ला प्रशासन कार्यान्वयको समन्वयमा मन्थली नगरपालिका, मन्थली उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र बजारवासीको सहभागीतमा शनिवार मन्थलीमा सरसफाई अभियान सम्पन्न भएको छ ।

सरसफाई अभियानमा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्मा, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले हातमा झाडु लिएर सफाई अभियानमा निस्किएका थिए । यस अघिदेखि नै सरसफाई अभियानमा जुटेका मन्थलीवासीले पुनः सरसफाई अभियानलाई निरन्तरता दिएका हुन् ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश वस्नेतले मन्थली नगरपालिकालाई व्यवस्थित र सफा बनाउने अभियानमा लागि रहेको बताए । उनले भने,‘मन्थली नगरपालिकालाई सफा बनाउनको लागि टोलटोलमा टोल सुधार समिति गठन गरेका छौ ।’ मन्थलीलाई सफा बनाउनको लागि सबै बजारवासी र सरोकारवाला निकाय जुटन पनि उनले आग्रह गरे ।

उनले भने,‘मन्थली नगरपालिकालाई सफा र व्यवस्थित बनाउने काममा हामी लागि रहेका छौ, नागरिकहरुको साथ र सहयोग गरिरहनुभएको छ ।
केही दिन अघि आएको बर्षाको कारण नगरपालिका अन्तर्गतका नालामा हिलो र गेगरले भरिदा समस्या भएपनि मन्थली नगरपालिकाले नै व्यवस्थित बनाउने काम अगाडि बढाएको छ । शनिवार देवकोटा चोक, भञ्ज्याङ बसपार्क, लगायतको ठाउँमा सरसफाई गरिएको थियो । @ramechhapnews