आइतबार, बैशाख २०, २०८३

नेकपाले देशको आवश्यकता पूर्ति गर्न नसक्ने बाबुरामको ठोकुवा

पोखरा,५ जेठ । नयाँ शक्ति पार्टी,नेपालका संयोजक डा.बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् ।
शनिबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।

डा.भट्टराईले भने– जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।

‘यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने नवगठित नेकपाले देशको आवश्यकता पूर्ति गर्न नसक्ने ठोकुवा गर्दै प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप लगाए ।