सोमबार, मङि्सर २३, २०८२

भारतीय प्रधानमन्त्री मोदीको आज मुक्तिनाथ र पशुपतिको दर्शन

काठमाडौं,२९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ प्रस्थान गरेका छन् ।

नेपालको २ दिने राजकीय भ्रमणमा हिजो शुक्रवार आएका मोदी मुक्तिनाथको दर्शन तथा पूजा–अर्चनाका लागि त्रिभुवन विमानस्थलबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मोदीले त्यहाँ केहीबेर पूजा गर्ने र लगत्तै काठमाडौं फर्किएर पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । पशुपतिमा मोदीले विशेष पूजा गर्नेछन् ।

मोदीले शुक्रबार जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना गरेका थिए । आजै मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दनसमेत गर्दैछ ।