सोमबार, मङि्सर २३, २०८२

नबिल बैंकको चार वटा नयाँ शाखा सुरु

काठमाडौं,२८ वैशाख । नबिल बैंकले लहान सिराहा बर्दिबास महोत्तरी, हरिवन सर्लाही तथा टाँडी चितवनमा गरि चार वटा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । सो शाखा कार्यालयहरुका उद्घाटन बैंक संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले गरे ।

सोही समारोहमा बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले भने ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ शाखाहरुका उद्घाटन गर्न पाँउदा हामीलाई खुशि लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।

सो अवसरमा नबिल बैंकले आधुनिक ब्यवसायिक बैंकिङ्ग प्रणाली शुरुवात गरि देशमा समग्र उद्यमशिलता, रोजगारी सृजना तथा परिमाणात्मक रुपले सरकारी ढुकुटीमा पुर्याएको योगदान बाट हामी सवैलाई गौरवको अनुभुति भएको समेत धारणा ब्यक्त गरे ।

उक्त अवशरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘बैंकको थप नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नुहुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको छ ।

नबिल बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १११ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेको छ ।