सोमबार, मङि्सर २३, २०८२

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै,प्रदेश २ मा सार्वजनिक विदा

जनकपुर,२८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर अवतरण हुने कार्यक्रम छ ।

शुक्रबार विहान मोदी जनकपुर जानकी मन्दिर दर्शन गरेर दिउँसो काठमाडौं जाने कार्यक्रम छ । मोदी जनकपुर अवतरण समयमा जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको छ ।

मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ ।

प्रहरीको सूचनामा भनिएको छ ‘त्यस्तो निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कारबाही अगाडि बढाइने जानकारी गराइन्छ ।

दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आउँदैछन् । उनले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।

मोदी आउने दिन पारेर प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदा दिएको छ ।