सोमबार, मङि्सर २३, २०८२

२२ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं,२६ वैशाख । सरकारले नेपाल प्रहरीको २२ जना एसपीलाई एसएसपीमा बढुवा गरेका छ । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवाको सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा छन् । सहकुल बहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशील कुमार यादवलगायत बढुवाको सिफारिसमा परेका छन् ।

सोमबार गृहमन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।