सोमबार, मङि्सर २३, २०८२

अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि कडा नीति लिने : ओली

काठमाडौं,२४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने बताए । उनले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।

अघि भने, ‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनुपर्छ । प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए । ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’ उनले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं ।

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको उनले बताए । सौ नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए ।