सोमबार, मङि्सर २३, २०८२

सिन्डिकेटधारी यातायात समितिका काउन्टर नयाँ बसपार्कबाट हटाए

काठमाडौं,२२ वैशाख । राजधानी काठमाडौंको नयाँ वसपार्कमा १४ वर्षदेखि राजगदैस् आएक निजि यातायात समितिका सबै काउन्टर सरकारले हटाएके छ ।
सिन्डिकेटको पक्षमा लागेर सेवा अवरुद्ध गरेका यातायात संघ तथा समितिका सबै काउन्टर नयाँ बसपार्कबाट हटाएको हो ।

१४ वर्षदेखि बसपार्कमा भाडा नतिरी एकतर्फी रुपमा कब्जा जमाएर बसेका समितिका काउन्टर साँझ कडा सुरक्षा व्यवस्थाकाबीच हटाइएको हो ।

सरकारको निर्देशन अनुरुप बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले साँझ तीन दर्जन  समितिका काउन्टररु हटाएको छ । लोत्सेका महाप्रवन्धक सुनिल कुँवरले अब कम्पनीका काउन्टरहरु व्यवस्थित रुपमा राख्ने बताए ।

भाडा नतिर्ने र व्यवस्थापनमा पनि असहयोग गर्ने गरेपछि काठमाडौं महानगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको थियो । तर, निजी क्षेत्रको व्यवस्थापक कम्पनी लोत्सेलाई पनि व्यवसायीहरुले सहयोग गरिरहेका थिएनन् ।

‘अब बसपार्क भद्रगोल हुँदैन । यहाँ सिस्टम बनाउँछौं,’ कुवँरले भने,’बसपार्कभित्र यात्रु ठगिने र लुटिने अवस्था अत्त्य गर्न सरकारको सहयोग माग्छौं । हामी पनि सक्दो प्रयास गर्छौं ।

सरकारले दिएको निर्देशनअनुरुप अत्यावश्यक सेवामा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाएको उनले स्पष्ट गरे ।