आइतबार, बैशाख २०, २०८३

यातायात व्यवसायीको मनपरितन्त्र अन्त्य गर्छु : मन्त्री महासेठ

काठमाडौं,२१ वैशाख । यातायात सिण्डिकेट खारेजीको विरोध गर्दै ग्यारेजमा थन्काएका सार्वजनिक सवारीका साधन रुट पर्मिट खारेज गर्ने तयारी गरेको छ । यसबारे छलफलका लागि भौतिक, पुर्वाधार तथा यातायात मन्त्री, यातायात व्यवस्था विभाग लगायत सरोकारवाला निकायको बैठक सिंहदरबारमा बसिरहेको छ ।

सिन्डिकेट खारेजीको विरोधमा उत्रिएका व्यवसायीविरुद्ध सरकारले कडा रुपमा प्रस्तुत हुने भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बताउनुभयो । यातायात व्यवसायीले मनपरितन्त्र चलाइरहेको भन्दै मन्त्री महासेठले भन्नुभयो, उहाँहरु आफ्नो अडानबाट पछि हट्न सक्नुहुन्न भने सरकारले वैकल्पिक यातायातको व्यवस्था गर्छ र नीति नियम अनुसार आवश्यक कारबाही पनि गर्छ । उहाँले भन्नुभयो, जहाँसम्म यातायात पर्मिट खारेज गर्ने भन्ने कुरा छ, त्यसमा व्यवसायीहरु ढुक्क भए हुन्छ, किनकी जुन काममा लागि पर्मिट दिएको हो त्यही काम व्यवसायीले नगर्ने हो भने पर्मिट खारेज गर्दा के फरक पर्छरु
व्यवसायीले चाहेको जस्तो, सरकार आफ्नो निर्णयबाट पछि हट्छ भन्ने भ्रमबाट मुक्त भई आ–आफ्नो काममा फर्कन मन्त्री महासेठले, व्यवसायीलाई आग्रह गर्नुभएको छ ।