सोमबार, मङि्सर २३, २०८२

लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

बुटवल,१६ वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु भएको छ ।

शनिवार र आईतवार सम्मेलन लुम्विनी, नेपाल भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ नारासहित दुई दिने सम्मेलन शुरु भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेका छन् ।

सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २२ वटा देशका विभिन्न तहका बुद्धिस्ट अगुवाहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपाल र विदेशका बौद्ध धर्म, बौद्ध दर्शन, संस्कृतितथा सम्पदासम्बन्धी प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरुबाट विभिन्न १३ शीर्षकमा ३५ बढी कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम रहेको सम्मेलनका मिडिया संयोजक शरद प्रधानले जानकारी दिए ।

सम्मेलनले ‘लुम्बिनी, नेपाल: भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्व शान्तिको मुहान’नारालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, वृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तराष्ट्रिय बौद्ध हवका रूपमा विकास गर्ने तथा दिगो विकासका लागि प्रबद्र्धन गर्ने,लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रको रूपमा विकास गर्ने र नेपालको संस्कृति, सम्पदा, तथा धार्मिक पर्यटनको विस्तार र प्रबद्र्धन गर्ने उद्देश्य लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।