शनिबार, बैशाख ०८, २०८१

प्रदेश ३ को अर्थमन्त्री ढुंगेलद्धारा एक अर्ब दुई करोड रकम बजेट पेश

हेटौडा,१४ वैशाख । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाख रकम बजेट पेश गरेका छन् ।

बजेटमा चालुतर्फ रु ५५ करोड ४८ लाख ६० हजार र पूँजीगततर्फ रु ५५ करोड ५६ लाख ४० हजार छ ।

बजेट पेश गर्दै मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग, प्रादेशिक दुग्ध बोर्डको स्थापना, पूर्वाधार विकास, भूकम्प पीडितलाई राहतलगायत कामलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य केशवराज पाण्डे, पशुपति चौलागार्इं, रिना गुरुङ, मुनु सिग्देल, प्रभात तामाङ, निमा लामा, रमेश पौडेल, विशाल खड्का र प्रेमबहादुर पुलामीले प्रदेशमा आर्थिक स्रोत पहिचान गरी आर्थिक स्रोत जुटाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेशसभा सदस्यहरुले जलविद्युत्, कृषि, पर्यटन र औद्योगिक विकासमा बजेटले ध्यान दिनुपर्ने माग गरेका छन् ।