बिहिबार, बैशाख १३, २०८१

एकै पटक ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं,१३ वैशाख । सरकारले एकै पटक विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा धेरैजसो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मन्त्रालयको सरुवा सूची अनुसार चितवनका सीडीओ नारायणप्रसाद भट्ट भक्तपुर सरुवा भएका छन् । गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल सीडीओ बनेर पर्सा पुगेका छन् ।