शनिबार, बैशाख ०८, २०८१

कम्युनिष्ट पार्टीको स्थापना दिवस : संयूक्त कार्यक्रम दुई ब्यानर

काठमाडौं,९ वैशाख । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीरविनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको केपी ओली र प्रचण्डले स्वीकार गरेका छन् । दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका हुन् ।

आफूहरुले ब्यानर बनाउन निर्देशन दिँदाखेरि नै कस्तो बनाउने भनेर निर्देशन दिनुपर्नेमा सो नगरिएकाले यस्तो परिस्थिति आएको भन्दै ओली र प्रचण्ड दुबैले यसमा अरुको नभई दुई अध्यक्षकै कमजोरी रहन गएको बैठकमा बताएका छन् ।

अब एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ ।

काठमाडौंका सभागृहमा १२ बजेदेखि गर्ने भनिएको संयुक्त कार्यक्रममा राखिएको बोर्डमा लेनिन र माओका तस्वीर नराखिएको भन्दै माओवादी कार्यकर्ताले नाराबाजी गरेपछि अढाइ बजेसम्म कार्यक्रम हुन सकेन । माओवादीको विरोधपछि कार्यक्रमस्थलबाट बोर्ड झिकिएको छ ।

सुरुमा बोर्ड फेर्न माग गरेका कार्यकर्ताहरुले छिटो कार्यक्रम गर्न भन्दै कार्यक्रमस्थलमा नाराबाजी र होहल्ला गरेपछि थिए दुबै पार्टीका नेताहरु ब्यानरको विवाद बसेर हल गरेका थिए ।