काठमाडौं,८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपालको भ्रमण गर्न आउने भएका छन् ।
प्रधानमन्त्री मोदीको भ्रमन सफल बनाउन नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ ।
मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ ।
२०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अन्तिम समयमा रोकिएको थियो ।
मोदीको यो तेस्रो नेपाल भ्रमण हो। संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ । शुरुमा भारतले नेपालको संविधानलाई स्वागत गरेको थिएन् ।
भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।
ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए । @ हिन्दुस्तान टाइम्स

