काठमाडौं,७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी हस्तक्षेविरुद्ध लड्न तयार हुन कार्यकर्तालाई देउवाको निर्देशन दिएका छन् ।
संसारमा असफल भइसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोसिस भइरहेको बताउदै कम्युनिष्ट शासन ल्याउन सजिलो नभएको बताए ।
विहिवार नेवि संघले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले सबैतिर हस्तक्षेप गरेको भन्दै सरकारको आलोचना गरे । प्रजातन्त्र र हुदलीय व्यवस्थामाथि खतरा उत्त्पन्न भन्दै उनले भने, ‘सारा कुरामा हस्तक्षेप गर्ने उद्देश्य बोकेको छ, त्यसविरुद्ध लड्न तयार हुनुपर्छ ।
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीका सबै गुट अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । यसमा मात्र वाम एकताका कारण आएको चुनौती सामना गर्न सक्ने बताए ।

