शनिबार, बैशाख ०८, २०८१

यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णय उद्योग वाणिज्य महासंघद्धारा स्वागत

काठमाडौं,६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघले यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।
बिहीवार प्रेश विज्ञप्ती जारी गर्दे महासंघले सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग आफूल विगतदेखि नै राख्दै आएको दावी गर्दै महासंघले मन्त्रिपरिषद्बाट भएको यातायात समितिको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्नेरनगराउने निर्णयको स्वागत गरेको जनाएको छ ।

खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले व्यक्त गरेको छ । ट्रक ढुवानीमा समेत जबर्जस्ती लागू गरिँदै आएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग महासंघले गरेको छ ।
सिन्डिकेट तोड्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको आन्दोलन फिर्ता लिनसमेत महासंघले आग्रह गरेको छ ।

‘सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसँग सम्बन्धित संघरसंस्थाहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ आग्रह गर्दछ,’ महासंघले भनेको छ ।
यससँगै अब यातायात व्यवसायी थप एक्लिएका छन् । चालक तथा मजदुरसमेतले पनि व्यवसायीको आन्दोलनमा आफूहरू सहभागी नहुने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ ।