आइतबार, बैशाख २०, २०८३

युवा संघ नेपालको अध्यक्षमा पौडेललाई चयन

काठमाडौं,६ वैशाख । युवा संघ नेपालको चालु केन्द्रिय कमिटीको बैठकबाट नयाँ नेतृत्व चयन भएको छ । रमेश पौडेललाई महाधिवेशन आयोजक कमिटीको अध्यक्ष चयन गर्दै वैठक सकिएको छ । वैठकले बरिष्ठ उपाध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । यस्तै उपाध्यक्षहरुमा उपाध्यक्षहरु चन्द्र लामा, गोबिन्द थापा,हस्त साही , क्रान्ति बुर्लाकोटी,पर्शुराम बस्नेत ,प्रभात कटुवाल, महासचिव नरेश शाही सचीवहरु माधब बास्तोला, वचन सिंह,राजेश साह,उर्मिला सुनुवार , अन्जना अधिकारी,पुर्ण लामा,हिमाल लिम्बू,दिपक जिएम,क्षेतिज थेबे,सन्तोष रावल,राजु कार्की ,धुरब यादब,सुरेन्द्र कार्की , कोषाध्यक्ष अमीत लामा, लेखा अध्यक्ष दामोदर दङ्गाल, अनुशासन अध्यक्ष गजेन्द्र साही  चयन हुनुभएको युवासंघले जनाएको छ ।

मंगलवार केन्द्रीय कमिटिमा राजीव पहारीले राजीनामा दिएपछि वैठकले महाधिवेसन आयोजना कमिटि गठन गरेको आयोजक कमिटि संयोजक पौडेलले बताउनुभएको छ । अध्यक्ष पौडेलले युवा संघ पूर्ण रुपमा एकढिक्का भएर जारी समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको यात्रामा लैजान डटेर लाग्ने दृढता व्यक्त गर्नुभएको छ ।