काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन बैठक आज मंगलवार बस्न लागेको हो ।
एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न सकेको छैन । सोमबार दुई पार्टीका अध्यक्षबीच गाँठो फुकाउन छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको जानकारी दिएको छ ।

