काठमाडौं,२६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच सम्वन्ध समाधान गर्दै जाने बताएका छन् ।
आइतबार भारतको तीन दिने राजकीय भ्रमण पुरा गरी काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले यदि कसैले नबिगारे दुई देशको सम्वन्ध राम्रो हुँदै जाने बताए ।
नेपालले विदेशिक सम्वन्ध मित्रताका आधारमा अघि बढाउन चाहेको, जुन पारस्परिक हित, एकअर्काको सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा हुने भन्दै उनले भारतीय पक्षसँग पनि त्यसरी नै कुरा गरेको बताए । त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेतृत्वले सकारात्मक ढंगले लिएको र स्वागत गरेको प्रधानमन्त्री ओलीले सुनाए ।
धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन, तस्वीर आफैं बोल्छ ।कसैले विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ
आफू जनताको अभिमतलाई बोकेर भारत गएको र त्यसलाई स्वागत गरेको उनले बताए । त्यसअनुसार रक्सौल९काठमाडौं रेलवे लगायतका महत्वपूर्ण सहमति हुनुका साथै सीमा विवाद, डुवान लगायतका समस्याबारे गम्भीर कुरा भएको बताए ।
दुई देशबीच मिल्न नसकेका विषयहरु सम्वादमार्फत समाधान गर्न चाहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘तमाम कुरा उठेका छन्, सकारात्मक प्रगति भएको छ । जुन कुरा लिखत रुपमा आएको छ, त्यसलाई यसरी नै अगाडि बढाएर जाने बताए ।

