काठमाडौं,२४ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन्।
शुक्रबार साँझ मोदीको सरकारी निवासमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो। भेटपछि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग भेट्दा खुसी लागेको बताएका छन्।
एक्लाएक्लै भएको भेटमा भएको कुराकानीबारे केही सार्वजनिक गरिएको छैन्। प्रधानमन्त्री ओलीले शनिबार हैदरावाद हाउसमा समकक्षी मोदीसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भए छ ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले भारतको प्रमुख प्रतीपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेट गरेका थिए । उक्त भेट भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह पनि सहभागी थिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति, उपराष्ट्रपतिलगायतसँग औपचारिक भेट गर्ने कार्यक्रम छ ।
