बिहिबार, बैशाख ०६, २०८१

भिआइपी सुविधा नलिने पूर्व प्रम डा.भटराईको घोषणा

काठमाडौं,२१ चैत । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैशाख १ गतेदेखि पूर्व प्रधानमन्त्रीको हैसियतमा लिँदै आएको सरकारी सुरक्षा सेवा नलिने घोषणा गरेका छन् ।

डा. भट्टराईले नयाँ वर्षदेखि व्यक्तिगत सुरक्षा अधिकृत बाहेक नेपाल सरकारले उपलब्ध गराउँदै आएको सुरक्षाकर्मीलाई फिर्ता पठाउने नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उनले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाका नाममा धेरै जनशक्ति दुरुपयोग भएको भन्दै डा. भट्टराईले उक्त सुविधा फिर्ता गर्न लागेको बताएका छन् ।