जापान,२० चैत । नेपाल सरकारले आदिवासीहरूको पर्वमा पाई आएको बिदा कटौती गरेकोमा नेपाल आदिवासी जनजाति महासंघ जापानले असहमति जनौदै घोर आपत्ती व्यक्त गरेको छ ।
जनजाति महासंघ जापानले सोमवार एक विज्ञप्तिमार्फ़त आपत्ति जनाएको हो । विज्ञप्तिमा भनेको छ यही चैत्र १४ गते बुधबारका दिन बसेको नेपाल सरकार मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा अन्यौलपूर्ण तरिकावाट कटौती गरेको निर्णयमा आदिवासी जनजाति समुदायको पर्वहरू ल्होछार-ल्होसार,माघी, उधौली–उभौलीमा दिइदै आएको एक दिने विदा पनि सरकारले कटौती गरेको प्रति नेपाल आदिवासी जनजाति महासंघ,जापान घोर आपत्ती व्यक्त गरेको भनी असमहती जनाएको छ ।
नेपालको विशेषता भनेको नै विविधता युक्त सामाजिक,भाषिक,साँस्कृतिक,धार्मिक र भौगोलिक परिवेश हो । यहि विविधतायुक्त परिवेशले नेपाली जातिको पहिचान निर्माण भएको छ । यद्यपि, यसलाई राज्यले अझै प्रभावकारी रूपमा आत्मसाथ गरेर संस्थागत गर्नु पर्ने ठाऊमा कटौती गरेकोमा बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि धरापमा रहेको अध्यक्ष सुमन लिम्बूले जानकारी दिनु भयो ।
यस्तो छ विज्ञप्तिकोपूर्ण पाठ
प्रेस विज्ञप्ति
मिति : २०१८ अप्रिल २
मिति २०७४ चैत्र १४ गते बुधबारका दिन बसेको नेपाल सरकार मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा अन्यौलपूर्ण तरिकावाट कटौती सम्बन्धि गरेको निर्णयमा आदिवासी जनजाति समुदायको पर्वहरू ल्होछार-ल्होसार,माघी, उधौली–उभौलीमा दिइदै आएको एक दिने विदा पनि सरकारले कटौती गरेको प्रति नेपाल आदिवासी जनजाति महासंघ,जापान घोर आपत्ती व्यक्त गर्दछ ।
नेपालको विशेषता भनेको नै विविधता युक्त सामाजिक,भाषिक,साँस्कृतिक,धार्मिक र भौगोलिक परिवेश हो । यहि विविधतायुक्त परिवेशले नेपाली जातिको पहिचान निर्माण भएको छ । यद्यपि, यसलाई राज्यले अझै प्रभावकारी रूपमा सम्वोधन गर्न सकेको छैन । आत्मसाथ गरेको अनुभूति दिलाउन सकेको छैन ।
समयखण्डमा देशको शासन व्यवस्था परिवर्तनको लागि,सार्वभौम जनताका लागि,लोकतन्त्र,गणतन्त्र र संघीयताका लागि नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि मध्ये शान्तिपूर्ण रूपमा आ–आफ्ना मौलिक साँस्कृतिक पर्वहरू मान्न पाउने व्यवस्था भएकोमा त्यसलाई कटौती गरिनु संघीय गणतन्त्र नेपालको संस्थागत विकासमै उपहास भएको ठहरिन्छ । यसले जातिय विभेद कायम राख्न खोजिएको आदिवासी जनजातिहरुको बुझाईछ ।
नेपालको सम्मृद्धि हुनुमा आदिवासी जनजातिहरूको साँस्कृतिक पर्वहरूले रोकेको हैन । नेपालको प्रशासनिक प्रणाली,अनियमितता,भ्रष्टाचार, चुस्तता जस्ता कारक तत्वहरू देशको समृद्धिमा बाधक बन्दै आएको छर्लङ्ग छ । यसलाई सुधार गर्ने काम सरकारको हो ।
नेपालको सामाजिक,साँस्कृतिक,धार्मिक सद्भाव कायम राख्न यहाँको विविधता युक्त परिवेशलाई आत्मसाथ गरेर सम्बोधन गर्नका साथै साँस्कृतिक पर्वहरूमा कटौती गरिएको विदा सच्याउन यसै विज्ञप्ति मार्फत् नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।
शान्त पहरी
महासचिव
सुमन लेछर्बो लिम्बू
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ,जापान
