काठमाडौं,२० चैत । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको थियो ।
लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो ।
उनको नौबजे पशुपति आर्यघाटमा अन्तिम संस्कार दिएको छ । उनका एक छोरा, एक छोरी छन् ।
