काठमाडौं,२० चैत । भारत भ्रमन लगाएत विषयमा जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्दैछन् ।
आज मंगलबार प्रधानमन्त्री ओलीले संघीय संसदमा सम्बोधन गर्न लाग्नु भएके हो । वैदेशिक भ्रमण गर्नुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने परम्पराअनुसार ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभा बैठक दिउँसो ४ बजे बस्दैछ । बैठकलाई सम्बोधनको क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने उनको सचिवालयले जनाएको छ । ओली चैत २३ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।
भारत भ्रमणमा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्रीले जानकारी गराउने छन् । भ्रमणको क्रममा नयाँ सम्झौता नहुने यसअघि नै सरकारले स्पष्ट पारिसकेको छ ।
