विराटनगर,१८ चैत । प्रदेश नम्बर १ लाई विकासको नमूना बनाउन बहस सुरु भएको छ । उद्योग संगठन मोरङका प्रतिनिधि, उद्योगी व्यवसायी, प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्री र सचिवहरुबीच प्रदेश नम्बर १ लाई विकास र समृद्धिमा मुलुककै नमूना बनाउने विषयमा छलफल र बहस गरिएको हो ।
उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रममा विषयगत ज्ञान भएका विज्ञको समूह बनाएर तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विज्ञहरुले तयार पारेको कार्ययोजनाअनुसार बुलेटको गतिमा काम गर्ने बताए । मुख्यमन्त्री राईले भने, ‘सबै क्षेत्रमा एकैपटक हात हालेर भन्दा पनि दुईरचार वटा योजना छनौट गरी काम अगाडि वढाउने सोचमा प्रदेश सरकार रहेको छ, त्यसैको जगमा टेकेर क्रमशः प्रदेश सरकार विकास र समृद्धिको बाटोतर्फ उन्मुख हुनेछ ।’
उनले निजी क्षेत्रलाई एउटा नमूना योजना शुरु गर्न आग्रह गर्नु भयो ।
