गुल्मी,१७ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुनै बहानामा ढिलासुस्ती र भष्टाचार स्वीकार्य नहुने बताएका छन् । शुक्रबार तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले मुलक अब नयाँ युगमा प्रवेश गरेकाले राज्यमा कुनै ढिला सुस्ती र भष्टचार कसैले गरेमा राज्यले त्यसलाई नछाड्ने बताए ।
ढिला सुस्ती, भष्टाचार, स्थायी सरकार नहुँदा तीव्र विकास हुन नसकेको उनले बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले अब बाहृय हस्तक्षेप र अन्तरिक मामिलामा कुनै देशको हस्तक्षेप स्वीकार्य नरहेको बताए । ‘आन्तरिक मालिला सुल्झाउन नेपाल सक्षम छ’ मन्त्री ज्ञवालीले भने, ‘अब त्यसको निम्ती स्थायी सरकार बनेको हो ।
सबै राष्ट्रहरुसँग मित्रतालाई कायम राख्दै नेपालको हितलाई प्रथामिकतामा राखेर परराष्ट्र नीति अबलम्बन गर्ने उनले बताए ।
मन्त्री ज्ञवालीले नेपालले अन्य राष्ट्रहरुसँग बिकासमा साझेदारी गर्न चाहेको र सोहि अनुसार अगाडी बढने बताए । पछिल्लो समय भारत नयाँ सरकारसँग हातेमालो गर्न चाहेको बताए । उनले प्रधानमन्त्रीको असान्न भारत भ्रमण कुनैपनि सम्झौताहरु नहुने र सदभावको भ्रमण हुने बताए ।
