Nepali date


बुधबार, साउन १, २०७६

अप्रिल १ मा जनजाति पत्रकार महासंघ जापानको दोस्रो अधिवेशन हुने

जापान,१५ चैत । नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील जनजाति पत्रकारहरूको संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जापान शाखाको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
फोनिज जापान शाखाको दोस्रो अधिवेशन घोषणा सभा तथा जापानमा कृर्याशिल अग्रज पत्रकार सम्मान कार्यक्रम २०१८ अप्रिल १ आइतवार वारकाडे हल शिनओकुबु टोकियो जापानमा हुने फोनिज जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो ।
देश विदेशमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ । विगत १५ वर्षदेखि संगठित हुँदै अहिले आएर ४६ जिल्ला र चार विदेश शाखाका रुपमा हामी विस्तार भइसकेका छ ।
फोनिज केन्द्रको अधिवेशन  चैत् २३ र २४ गते काठमाडौंमा हुनेछ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया