बिहिबार, बैशाख ०३, २०८३

रामेछापमा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७४ हुँदै

मन्थली,१५ चैत । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारा सहित रामेछापमा नवौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७४ हुने भएको छ । प्रतियोगिता जिल्ला खेदकुद विकास समितिको ब्यवस्थापनमा यहि चैत २६ गते देखि २९ गते सम्म जिल्लाको सदरमुकाम मन्थलीमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उस्सुका खेलहरु सञ्चालन हुने छन् । १८ वर्ष मुनीका तथा कक्षा १२ सम्मका विद्यार्थीहरु प्रतियोगितामा सहभागि हुन पाउने नियम छ ।
विकास क्षेत्रगत हुदै आएको खेलहरु संघियता लागु भए पश्चात अब एक निर्वाचन क्षेत्र अन्तर्गत एउटै ठाउमा जिल्ला स्तरिय खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुपोत्तम कडरियाले जानकारी दिए ।