शुक्रबार, बैशाख ०७, २०८१

जिल्ला समन्वय समितिका संयोजकसम्मलाई रातो पासपोर्ट दिने

काठमाडौं,१२ चैत । मन्त्रिपरिषद बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोगको अधिकार दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मेयर र गाउँपालिका अध्यक्षलाई विशेष राहदानीको सुविधा दिएको छ। नयाँ संरचना अनुसार नयाँ प्रवधान ल्याइएको हो।

यस्तै नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए ।