आइतबार, बैशाख २०, २०८३

फेवाताल संरक्षणको लागि पहारीले दुई महिनाको तलब सहयोग

पोखरा,१२ चैत । फेवाताल संरक्षणको लागि प्रदेश नम्बर ४ का सांसद राजिव पहारीले आफ्नो दुई महिनाको तलब सहयोग गरेका छन् ।
कास्की क्षेत्र नम्वर ३ ९ख० बाट विजयी सांसद पहारीले ८० हजार रुपैयाँको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे ।
चौतर्फी अतिक्रमणले फेवाताल संकटमा परेको भन्दै यसको संरक्षणको लागि सचेत पहल आवश्यक भएको पहारीले बताए। संरक्षणको लागि आफुले पाउने दुई महिनाको तलब हस्तान्तरण गरेको पहारीको भनाई छ। फेवाताल संरक्षणको लागि स्थानीय स्तरमा कोष स्तापनाको लागि आफुले रकम हस्तान्तरण गरेको बताए । सांसद पहारीले तलब नबुझेको भए पनि मासिक ४५ हजार रुपैयाँ प्राप्त हुने जानकारी आएकोले त्यसमा कर कटाएर ८० हजार प्रदान गरेको बताए। फेवाताल संरक्षणको लागि आफुले सबै प्रकारको पहल गर्ने उनले बताए ।

हरेक वर्ष वर्षामा आउने गेगरानले फेवातल पुरिदै गएको छ। उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले फेवातालको १६ सय रोपनी जमिन अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।