आइतबार, बैशाख २०, २०८३

तामाङ संचार समूहको अध्यक्षमा बिष्णु मोक्तान निर्वाचित

काठमाडौं,११ चैत । तामाङ संचार समूहको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा निवर्तमान महासचिव विष्णु मोक्तान निर्विरोध निर्वाचित भएका छन्।

शनिबार काठमाडौंको अनामनगरस्थित तमु बौद्ध संघको सभाहलमा सम्पन्न पाँचौ महाधिवेशनबाट मोक्तान निर्विरोध निर्वाचित भएका हुन्। खोटाङका मोक्तान हाल नागरिक दैनिकमा कार्यरत छन्।

अध्यक्षमा निर्वाचित भएपछि मोक्तानले तामाङ पत्रकार संघलाई संघीय संरचनामा लाने र तीन वर्षको खाका बनाएर ऐतिहासिक काम गर्ने प्रतिबद्धता जनाए।

संघको महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा र पुरुष उपाध्यक्षमा सुवाष योञ्जन निर्वाचित भए। महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा, कोषाध्यक्षमा तीर्थमान वल निर्वाचित भए।

खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फ डोल्मा छिरिङ तामाङ, रोजिना तामाङ, बबिता घिसिङ र पुरुष खुल्लातर्फ लालकुमार मोक्तान, नेत्र तामाङ मोक्तान, सुरेन्द्र तामाङ, स्वतन्त्र तामाङ र सरस्वती तामाङ रहेका छन्।

सञ्चार समूहका निवर्तमान अध्यक्ष जगत दोङलाई पदेन सदस्यको जिम्मेवारी चयन गरेको छ।

त्यसैगरी महाधिवेशनले प्रदेश १, २ र ३ मा समेत सदस्य चयन गरेको छ । यसरी सदस्य चयन हुनेहरुमा प्रदेश १ मा पुरुषबाट विक्रम तामाङ, विश्वराज तामाङ र महिलामा मालती मोक्तान रहेका छन्।

त्यसैगरी प्रदेश २ मा बमबहादुर बमजन रहेका छन्। प्रदेश ३ मा पुरुषतर्फ उर्गेन लामा, सुभराज बम्जन, शिशिर दोङ र महिलातर्फ अन्जु दिम्दुङ, दुदुमाया सिङतान रहेका छन्।

महाधिवेशनले तामाङ सञ्चार समूहको नाम महाधिवेशनबाट परिवर्तन गरी तामाङ पत्रकार संघ राखेको छ।