आइतबार, बैशाख २०, २०८३

नेपालको सार्वभौमसत्ताको अवमूल्यन नगर्न ईयूलाई प्रम ओलीको चेतावनी

काठमाडौं,११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको भन्दै यस्तो नगर्न चेतावनी दिएका छन् ।
ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएर नेपालको सार्वभौमसत्ता र नेपालमा अहिलेसम्मको राजनीतिक उपलब्धीको अवमूल्यन गरेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।
आईतवार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकको मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यो नेपालको सार्वभौमसत्ता र नेपालको उपलब्धीलाई हेपेको हो ।

नेपालको परराष्ट्र मन्त्रालयले असन्तुष्टी जनाइसकेपछि प्रतिवेदन सच्याउला भन्ने अपेक्षा गरे पनि ईयू झन् जिद्दिपूर्ण देखिएको भन्दै ओलीले यसबाट आफू र नेपाली जनताले हेपिएको महसुस गरेको छ । म ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ, यसबाट नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेका छन् ।

नेपाल देश गरिब र अविकसित भए पनि प्रजातन्त्रका लागि कसैको भन्दा कम योगदान नरहेको भन्दै ओलीले त्यसमा आफूहरुलाई कमजोर नआक्न चेतावनी दिए । मतदान गर्न योग्य धेरै नेपाली नागरिक विदेशमा रहे पनि ७० प्रतिशत भन्दा बढी मत खस्नु चनचुने कुरा नभएको भन्दै उनले नेपालीलाई चुनौती दिन ८० प्रतिशत मतदानको उदाहरण लिएर आउन आग्रह गरेका छन् ।

‘भोट हाल्न जानेन होला, हाम्रो बाध्यताले बाहिर बस्नुपरेको होला’ ओलीले भने ‘ तर नेपाली जनताको लोकतन्त्रप्रतिको सजगतामाथि प्रश्न उठाउने ठाउँ छैन ।

निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदनमा नलिन पनि आग्रह गरेका छन् ।

आफूहरु संसारका सबै देशसँग मिलेर काम गर्न इच्छुक भएको भन्दै कोही भन्दा कम हैसियतको भए सम्बन्ध नराख्ने ओलीले बताएका छन् । हामी कोहीभन्दा कम होइन, डेमोक्रेसीका लागि कसैले भन्दा कम संघर्ष गरेका छैनौं ,प्रधानमन्त्री ओलीले निर्वाचन गराएकोमा राष्ट्रपति र अदालतलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले निर्वाचन नगराउन चाहेको भए पनि अदालतले त्यसलाई साथ नदिएको भन्दै उनले धन्यवाद दिएका हुन् । उनले भने, ‘राष्ट्रपतिले पनि चुनाव नगर्दा नराम्रो परिस्थिति आउँछ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचनको समयमा निर्वाचन आयोग भने पूर्वाग्रही देखिएको भन्दै आलोचना गरे ।