आइतबार, बैशाख २०, २०८३

अब कोरियाबाट इजीलिंक रेमिट्यान्सको सेवा सुरु

जापान,१० चैत । ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ र ‘नेपाल र नेपालीका लागि रेमिट्यान्स सेवा’ भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रालिले आफ्नो सेवा कोरियाबाट पनि शुरु गरेको छ ।
बैधानिक रुपमा नेपाल पैसा पठाउन कोरिया सरकारबाट मान्यता प्राप्त रेमिट्यान्स कम्पनी हानपास रेमिट्यान्स र इजीलिंक रेमिट्यान्स बीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र हानपास रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत क्युङ हुन किम, प्रबन्ध निर्देशक हयुन किम (एलेक्स) ले हस्ताक्षर गरे ।
यो सम्झौतापछि अब कोरियामा भएका नेपालीहरुले हानपास रेमिट्यान्स मार्फत सहज रुपमा कतै नगइकन घरमै बसी हानपास एप्स डाउनलोड गरि सजिलै नेपाल पैसा पठाउन सक्नेछन भने नेपालभरि रहेका इजीलिंक रेमिट्यान्सको ४५०० भन्दा धेरै सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट आफुलाइ पायक पर्ने स्थानबाट सजिलै भुक्तानी लिन सकिने छ ।
साथै पैसा पठाउने ब्यक्तिको नेपालभरि रहेको जुनसुकै बैंकको आफ्नै खातामा अथवा आफ्नो परिवारको खातामा पैसा जम्मा गरिदिने सेवा पनि इजीलिंक रेमिट्यान्सले दिनेछ ।
नेपाल पैसा पठाउन कतै अफिस धाउनु नपर्ने, राम्रो रेट प्राप्त हुने, सस्तो, सजिलो अनि भरपर्दो सेवाका कारण हानपासरइजीलिंक रेमिट्यान्स कोरियामा नेपालीहरु माझ चर्चित रहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।
इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी जापान, कोरिया, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइ रहेको छ ।