आइतबार, बैशाख २०, २०८३

वैशाख १० मा एमाले र माओवादी पार्टी एकता घोषणा गर्ने तयारी

काठमाडौं,१० चैत । कम्युनिस्ट पार्टी एकता अन्तिम रुपमा पुगेको नेकपा(एमाले) र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् ।
कम्युनिष्ट पार्टी स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् ।
२००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । ०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीको दुइटा मूलधारका रुपमा एमाले र माओवादी छन् । अब दुवै दल मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन एकीकृत हुने उनीहरुको तर्क छ ।
‘एकताको खाकासम्बन्धी काम अन्तिम चरणमा पुगेकोले सबै कुराहरु दुई अध्यक्षले अन्तिम रुप सदएर कम्युनिस्ट पार्टी एकता घोषणा गर्ने एमाले सचिव पृथ्वीसुव्वा गुरुनले जानकारी दिनुभयो ।