आइतबार, बैशाख २०, २०८३

मोस्ट वान्टेड सुटर उमेश पासवान समातिए

काठमाडौं,७ चैत । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटर उमेश पासवान पक्राउ परेका छन् ।उनी तराईमा भएको करिब एक दर्जन गाेली काण्डमा सुटरको रुपमा प्रयोग भएका प्रहरीकाे भनाइ छ ।

पासवाललाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मंगलबार साँझ लालबन्दी–२ बाट पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँले थप अनुसन्धान भइरहेको जानकारी दिए ।