आइतबार, बैशाख २०, २०८३

पोखराको दोस्रो नगरभसभामा नेपाली कांग्रेसको अवरोध

पोखरा,६ चैत । लेखनाथ महानगरपालिकाको दोस्रो नगरभसभामा नेपाली कांग्रेसले कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै नाराबाजी गरेको छ ।

फागुन २७ गते नगरसभामा पेश भएको  १८ कानुनमाथि छलफल गर्न बसेको बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरूले प्राविधिक तथा अनमी नियुक्तिमा अनियमितता भएको भन्दै नाराबाजी गरेका हुन् ।

कांग्रेसका जनप्रतिनिधिहरुले नगरसभाको सुरूमै संसदमाजस्तै विशेष समय मागेर प्राविधिक परिक्षा प्रक्रिया गलत भएको भन्दै विरोध गरेपछि मेयर मानबहादुर जिसीले १५ मिनेट सभा स्थगित गरेका थिए । त्यसपछि पनि फेरि बसेको बैठकमा कांग्रेस जनप्रतिनिधिले फेरि विरोध गरेपछि मेयर जिसीले बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् ।

१७० जना जनप्रतिनिधि रहेकाे पाेखरा लेखनाथ महानगरमा ४८ जना कांग्रेसबाट निर्वाचित छन् ।