शुक्रबार, चैत १६, २०८०

५ वर्षभित्रै काठमाडौंमा रेल गुड्छ : यातायातमन्त्री महासेठ

xraghu.jpg.चितवन,५ चैत । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेलमार्ग गुड्ने दावी गरेका छन् ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको भन्दै उनले पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।

रिपोर्टस क्लब नेपालको साक्षात्कारमा मन्त्री महासेठले सरोकारवाला निकायहरुसँग छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन ?’ उनले भने, ‘ढुक्क हुनुस्, पाँच वर्षभित्र उपत्यकामा रेल गुड्छ ।

स्रोत साधन भएपनि सदुपयोग हुन नसक्दा विकास नभएको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए ।