बिहिबार, बैशाख १३, २०८१

उपसभामुखको निर्वाचन: तुम्बाहाम्फे र भुसाल भिड्दै

काठमाडौं,२ चैत । उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।

उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने पक्का छ ।

एमाले र माओवादी केन्द्रका १७४ सांसद छन् जबकी उपसभामुख निर्वाचित हुन १३८ मत भए पुग्छ । माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।