बिहिबार, बैशाख ०३, २०८३

नेपालले क्रिकेटमा ऐतिहासिक उपलब्धी,एकदिवसीय मान्यता पक्का

काठमाडौं,२ चैत । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।
बिहीबार ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो ।
यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो ।
तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । साथै अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि एकदिवसीय मान्यता पाएको हो । नेपाली टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यता पाएकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटमा योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।