आइतबार, बैशाख २०, २०८३

दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौं,१ चैत । विवादमा रहेकाका सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकास पाएको पत्र थमाएपछि वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।
न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् ।

पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ ।