आइतबार, बैशाख २०, २०८३

काठमाडौं गौशालामा गोली चल्यो,गुण्डा गणेश लामालाई पक्राउ

काठमाडौं,१ चैत । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।

लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।

यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।

लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । अहिले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल पनि घटनास्थल पुगेका छन् । गोली कसैलाइ लागेको छैन । सोधपुछ भइरहेको छ ।

उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।