आइतबार, बैशाख २०, २०८३

प्रतिपक्षमा बसेर सरकारलाई घुँडा टेकाउने रामचन्द्र पौडेलको चेतावनी

काठमाडौं,३० फाल्गुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् ।
बुधवार पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ ‘ पौडेलले भने कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ ।

‘सुविधाजनक मत हुँदाहुँदै किन दुई तिहाइ मागियो रु यसलाई गम्भीर रूपमा लिएका छौं’ उनले भने । पौडेलले राष्ट्रियसभा सदस्य नियुक्तिमा राष्ट्रपतिको भूमिकाको पनि आलोचना गरेका थिए ।