आइतबार, बैशाख २०, २०८३

विभेदकारी संविधानको केहि धाराहरु संशोधन गर्नु पर्ने : डा.योञ्जन

टोकियो,२८ फाल्गुन । जापानका लागि पुर्व नेपाली राजदुत डाक्टर गणेश योञ्जनले नेपालमा समाबेशी लोकतन्त्रलाई संस्थागत गर्नको लागि संविधान संशोधन गर्नु पर्ने बताउनु भएको छ ।
सोमवार नेपाली संघीय समाज जापानले आयोजना गरेको एक दिवसीय कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आसनबाट कार्यक्रमलार्इ डा योञ्जनले उक्त कुरा बताउनु भएको हो ।
संघीय समाजबादी फोरम नेपालका बरिष्ठ नेता समेत रहनु भएका डा.योञ्जनले संघीय समाजवादी पार्टी आम उत्पीडितहरुको अधिकार स्थापना गर्न मुख्य नेतृत्व तथा संबाहकको रूपमा स्थापित राजनैतिक पार्टी भएको दावी समेत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता योञ्जनले हिजोका दिनमा संघीयता,समाबेशी,धर्मनिरपेक्षताका मुद्दाहरू माओबादी पार्टीले उठाउदै आएपनि यी मुद्दाहरू ओझेलमा परेको स्मरण गर्नु भयो ।
उहाँले प्रदेश नं २ लार्इ सम्पुर्ण सिदान्तहरू लागु गरी मोडलको प्रदेशको रूपमा स्थापना गर्ने समेत बताउनुभो । डा.योञ्जन नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औं महाधिवेशन उद्धघाटन गर्न यहि हप्ता जापान आउनु भएको थियो ।nefeso