काठमाडौं,२८ फाल्गुन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ ।
सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।प्रदेश नं ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे ।
घाइते चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।
यसैवीच रुपन्देहीको भैरहवाका एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरीश सेठियामाथि अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।
गोली प्रहार गरिए पनि मिस फायर हुँदा सेठिया बच्न सफल भएका छन् । भारतीय २ नागरिकले भारतीय मोटरसाईकलमै आएर उनीमाथि गोली चलाएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । उनीमाथि भैरहवाको हाटबजार स्थित सेवापथमा गोली प्रहार गरिएको थियो ।
दुई जनामध्ये एकजना भागेको र एकजनालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए ।
