काठमाडौं,२८ फाल्गुन । काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको जहाज दुर्घटनामा परेको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको युएस बंगलाको जहाज त्रिभुवन विमानस्थलमा सोमवार दिउसो दुर्घटनामा परेको हो । बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको थियो । अवतरणको क्रममा जहाजमा आगलागी भएको छ ।
विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा लिई सकेको छ भने मृतकको उद्धार कार्य जारी रहेको छ ।
विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।
